+
+

तनहुँमा भएका गाडी दुर्घटनामा तीन जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ५ गते १८:३०

५ साउन, दमौली । तनहुँको जामुने र घाँसीकुवामा बुधबार भएका फरक-फरक सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

Road-Accidentतरकारी बोकेको ग २ च २३०७ नम्बरको जीप र ग १ च ४३२५ नम्बरको ट्याक्सी बुधवार दिउँसो पौने २ बजे जामुने-३ मा ठोक्किँदा ट्याक्सी चालक देउबहादुर थापा र ५३ वर्षीया मना थापाको मृत्यु भएको छ । देउबहादुरको घटनास्थलमै र मनाको उपचारका लागि पोखरा लैजाँदै गर्दा मृत्यु प्रहरीले जनाएको छ ।

यसैगरी बुधबारै सवा दुई बजेतिर घाँसीकुवा नजिकै बस र ट्रक ठोक्किँदा अर्का एक व्यक्तिको मृत्यु भएको छ । ध १ ख ४९५ नम्बरको बस र ना ५ ख ७९८४ नम्बरको ट्रक ठोक्किँदा बस चालक २७ वर्षीय दीपक नहर्कीको मृत्यु भएको हो ।

बस चालक नहर्कीको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइते भएकाहरुको तनहुँकै बिभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?