+
+

यूकेमा रीमाको ‘ब्लायक समर’, बिहेपछि सुन्दरीको व्यस्तता

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १० गते ५:४०

Rima Bishowkarma (9)
बिहेपछि नायिकाहरु पलायन भएको पाइन्छ । केही नायिकालाई छाड्ने हो भने धेरै जसो कि त बिहे गरेर विदेश हराएका छन् भने कोही नेपालमै अन्य व्यवसाय गरिरहेका छन् ।

बिहेपछि पनि फाट्टफुट्ट व्यस्त छिन् नायिका रीमा विश्वकर्मा । उनले हालै मात्र यूकेमै एक चलचित्रको छायांकन गरेकी छिन् । अहिले नेपाली चलचित्रको छायांकनका लागि यूरोप, यूके, एसियाका विभिन्न मुलुक राम्रो गन्तव्य बनिरहेका छन् ।

रीमाले मुख्य भूमिका निर्वाहा गरिरहेको चलचित्र ‘ब्ल्याक समर’को ४० प्रतिशत छायांकन यूकेमा गरिएको छ । यूकेका स्थानिय कलाकार रीतेश राई र अम्बिका राइले यो चलचित्रमा काम गरेका छन् । चलचित्रलाई एलवी सुब्बाले निर्देशन गरिरहेका छन् । बाँकी ६० प्रतिशत छायांकन सेप्टेम्बरदेखि सुरु गरिनेछ । Rima Bishowkarma (5)
Rima Bishowkarma (8)

नेपाल रहँदा केही म्यूजिक भिडियोमा व्यस्त रहेकी रीमाले चलचित्र क्षेत्रमा खासै हिट प्रोजेक्ट दिन सकिनन् । बिहेपछि रीमाको करिअर अब ओझेलमा पर्छ भन्ने चर्चा चलेपनि अहिलेसम्म भने उनले आफू नहराउने संकेत देखाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?