+
+

बालुवा बोकेको ट्रक त्रिशुलीमा खस्यो, सात घाइते

राजेन्द्र आचार्य राजेन्द्र आचार्य
२०७३ भदौ ११ गते १०:१५

११ भदौ, चितवन । मुग्लीनबाट नारायणगढ तर्फ जाँदै गरेको ट्रक त्रिशुली नदीमा खसेको छ ।

Bus-Accident-File-Photo
फाइल फोटो

मुल्लीन नारायणगढ सडक खण्डको  जल्लविरेबाट  ना ३ ख ४५५६ नम्बरको ट्रक त्रिशुली नदीमा खसेको हो ।

बालुवा लिएर जाँदै गरेको ट्रकमा चालक सहित ७ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा भारतकी जोधा शर्मा, चालक माडी का प्रकाश थापा, सोही ठाउँकी सविना चौधरी,विया चौधरी,प्रेम चौधरी , खोमन चौधरी, कल्पना चौधरी

घाइते भएका छन् । उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहकाे छ ।

डाइभरले विपरित दिशाबाट आएको बसलाई साइड दिन खोज्दा त्रिशुलीमा खसेको घाइतेले जनाएका छन् ।

यसअघि हिजो राैतहटको गाैरबाट पोखरा जाँदै गरेको यात्रुबस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?