Comments Add Comment

बम पड्काउनेलाई कारबाही गर्न बिद्यालय सञ्चालकहरुको माग

reporters-club-press-meet

४ असोज, काठमाडौं । बिद्यालय क्षेत्रमा बम आतंक फैलाइएको भन्दै घटनामा संलग्नहरुलाई तत्काल कडा कारवाही नगरिए संयुक्त रुपमा आन्दोलनमा उत्रिने हिसान, प्याब्सन र एन प्याब्सनले चेतावनी दिएको छ ।

बम पड्काइएका र बम राखिएका विद्यालयहरुको स्थलगत अवलोकन गरेका तीनै संगठनका प्रमुखहरुले आजै संयुक्त प्रेस विज्ञप्ति निकालेर विद्यालयमा बम आतंक फैलाउनेलाई कडा कारबाहीको माग गरेका छन् ।

प्रेस विज्ञप्ति लगत्तै रिपोर्टस क्लबमा गरिएको पत्रकार सम्मेलनमा उच्च माध्यमिक विद्यालय संघ हिसानका अध्यक्ष रमेश सिलवालले शान्ति क्षेत्र घोषणा भएको विद्यालयमा बम पड्काउनु अपराधपूर्ण कार्य भएको टिप्पणी गरे ।

शान्ति क्षेत्रमा यसरी बम आतंक हुनुमा राज्यको कमजोरी भएको उनको आरोप थियो । सिलवालले यस्ता घटना नियन्त्रण गर्नका लागि राज्य गम्भीर बन्न नसकेमा कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । उनले चन्दा आतंक, संगठन विस्तार जस्ता कुरा रोक्न सम्बन्धित निकायलाई आग्रह समेत गरे ।

यस्तै, प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले बम आतंकमा संलग्नलाई कडा कारबाही गर्न माग गरेका छन् । बम आतंकका कारण विद्यार्थी र अभिभावक मनोवैज्ञानिक रुपमा त्रसित भएको भन्दै उनले शान्ति क्षेत्रको रुपमा रहेका विद्यालयमा यस्ता घटना हुनु दुखद भएको टिप्पणी गरे ।

एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विद्यालय क्षेत्रमा यस्ता घटना हुनुमा शिक्षा मन्त्रालय दोषी रहेको आरोप लगाए ।

राजनीतिक आवरण वा कुनै दलको संगठनका नाममा निजी विद्यालयमाथि गम्भीर आक्रमण भइरहँदा पनि शिक्षा मन्त्रालय मौन बस्नु दुर्भाग्य भएको शाहीको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment