अाफ्नो कपाल कटाउनका लागि तपाइँ थरीथरीका सैलुन जानुभएको छ होला । के तपाइँलाई कुनै सैलुनमा कपाल कटाउनका लागि महिनौँसम्म पर्खिनुपरेको छ ? पर्खिनुपर्ने कुरै भएन । एउटामा भिड भए अर्कोमा गइहालिन्छ र तत्कालै कपाल काटकुट पारेर आइन्छ ।
तर पोल्याण्डमा एउटा यस्तो सैलुन छ जसमा कपाल कटाउनका लागि पुरुषहरु महिनौसम्म पालो पर्खिन पनि तयार हुन्छन् ।
हटकट नामको उक्त सैलुनमा कपाल कटाउन पुरुषहरुले मरिहत्ते गर्नुको कारण छ । किनकी त्यहाँ कपाल काट्ने नाइँहरु टपलेस युवतीहरु हुन्छन् । अर्थात् टपलेस हेयर ड्रेसर युवतीहरुबाट आफ्नो कपाल कटाउनका लागि पुरुषहरु मरिहत्ते गर्छन् ।
उक्त सैलुनकी संस्थापक भोजटेक भेसिलवेस्कीले आफ्नो सैलुनमा खासै ग्राहक नआएको देखेपछि टपलेस महिला हेयर ड्रेसर राख्ने निधो गरिन् । साँच्चीकै उनको ेत्यो आइडियाले निकै काम गरेको छ । उनलाई आफ्नो सैलुनमा टपलेस भएर काम गर्ने हेयर ड्रेसर युवतीहरु खोज्नमै पूरै १८ महिना लाग्यो ।
उनका अनुसार कुनैपनि पुरुषका लागि कपाल कटाउने समय साँच्चीकै दिक्कलाग्दो हुन्छ । पुरै समय अररो भएर बस्नुपर्ने, गर्धन झुकाइरहनु पर्ने, हलचल गर्न नपाइने । तर जब टपलेस युवतीहरुले कोमल स्पर्शसँगै कपाल काटिदिन थाल्दछन् तब त्यस्तो दिक्कलाग्दो समय लोप हुन्छ । कपाल काटिरहुँ भन्ने लाग्छ ।
कतिपय मानिसहरुले यो टपलेस सैलुनको विरोध नगरेका होइनन् । तर यहाँ जाने ग्राहकहरुका लागि यस्तो विरोधको कुनै तुुक छैन । टपलेस युवतीहरुबाट आफ्नो कपाल कटाउनका लागि तन्नेरीहरुको लाइन लाग्ने गरेको छ ।
टपलेस हेयर ड्रेसरहरु पनि ग्राहकबाट प्राप्त रेस्पोन्सका कारण खुसी देखिन्छन् ।