+
+

बिमेस्टेकलाई बुद्ध सर्किटले जोड्ने प्रचण्डको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ३० गते १९:४८

Prachanda

३० असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको गोवामा ब्रिक्स र बिमेस्टेक देशहरुको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् ।

ब्रिक्स सम्मेलनका क्रममा बिमेस्टेक देशका प्रमुखहरुलाई बोलाइएको थियो । सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले बिमेस्टेक देशहरुको संस्कृति, इतिहास र भूगोलमा समानता रहेको बताउँदै बिमेस्टेक देशहरुको एकतामा जोड दिएका छन् ।

बिमेस्टेक देशहरुबीचको कनेक्टिभिटीलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताउँदै उर्जा र जलविद्युत लगायतका विकासका क्षेत्रमा मिलेर काम गर्न प्रस्ताव राखेको प्रधानमनन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले बिमेस्टेकलाई बुद्धिष्ट सर्किट र बिमेस्टेक सम्पदालाई जोडेर नागरिक नागरिक बीचको सम्बन्ध र पर्यटनमा उपयोग गर्नुपर्नेमा जोड दिए ।

आतंकवाद र अतिवादी सोंच बिमेस्टेक देशहरुको साझा चुनौति रहेको भन्दै त्यसको मिलेर सामना गर्नुपर्ने उनले जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?