+
+

दशैंको समयमा चितवनमा दुर्घटना घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २ गते ७:४२

२ कात्तिक, चितवन । दशैंको समयमा चितवनमा सवारी दुर्घटनामा कमी आएको छ ।

Jeep-Accidentगत वर्षको दशैंको समयमा चितवनमा नौ वटा सवारी दुर्घटनामा ६ जनाको ज्यान गुमाएका थिए भने १२ जना घाइते भएका थिए ।

यस वर्षको दशैंमा  ७ वटा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख वसन्त कुवँरले जानकारी दिए । दशैंको घटस्थापनादेखि कोजाग्रत पूणिर्मासम्म चितवनमा सात वटा सवारी साधन दुर्घटनामा चार जना मानिसको ज्यान गएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजन भेटवालले दशैंको अवधिमा भएको सवारीे दुर्घटनामा घाइते हुनेको संख्या २५ जना रहेको जानकारी दिएका छन् । गत वर्षको दशैंमा भन्दा यसवर्षको दशैंमा सवारी दुर्घटना न्यून र ज्यान गुमाउनेको संख्या पनि न्यून रहेको भेटवालले बताए ।

प्रहरीले दशैंको सयमा सञ्चालन गरेको विशेष सुरक्षा योजना, नियमित चेकजाँच, मापसे चेकजाँचका कारण दुर्घटना घटेको ट्राफिक प्रहरीले जनाएको छ ।

त्यस्तै दसैँको अवधिमा सिट क्षमता भन्दा बढी यात्रु चढाउने ३४ वटा सवारी साधनलाई कारबाही, बढी भाडा असुल्ने ५४ वटा सवारी साधनलाई कारबाही, मापसे गरेर सवारी साधन चलाउने ८१ जना चालकलाई कारबाही गरिएको समेत ट्राफिक प्रहरीले जनाएको छ । ज्यानमारा सडकका रुपमा परिचित मुग्लीन-नारायणगढ सडक खण्डमा ठूलो दुर्घटना नभएको कार्यालय जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?