५ कात्तिक, चितवन । पृथ्वी राजमार्ग अन्तरगत चितवनको दारेचोक-९ फिस्लिङमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
मुग्लिनबाट काठमाडौं तर्फ जाँदै गरेको नम्बर नखुलेको गाडीले ठक्कर दिँदा बा ७८ प ४६ ८५ नम्बरको मोटरसाइकलमा सवार धादिङ जोगिमाराका पदम चेपाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि अहिले पृथ्वी राजमार्ग अवरुद्ध छ ।