पहिले पहिले पुरुषमा मुटु सम्बन्धी रोगलाई केवल बुढेशकालको रोग भनिन्थ्यो । तर पछिल्लो समयमा बदलिँदो जिवनशैली तथा खानपान लगायतका कारण ३० वर्षकै उमेरदेखि नै मुटु सम्बन्धी विभिन्न खाले समस्याले सताइएका पुरुषहरुको संख्या निकै बढिरहेको छ ।
यदि समयमै मुटु सम्बन्धी रोगको पहिचान गरी त्यसको उपचार सुरु गर्नेहो भने हृदयाघात लगायतका जटिल समस्याबाट बच्न सकिन्छ । तर यदि मुटुरोगका प्रारम्भिक लक्षणलाई नजरअन्दाज गर्नेहो भने नतिजा प्राण्घातक हुनसक्छ । त्यसैले पुरुषमा मुटु सम्बन्धी रोगका यी ७ लक्षण देखिएमा कदापि नजरअन्दाज नगर्नुस् र शिघ्र चेकजाँच गराइहाल्नुस्ः
थकानः थोरै काम गरेपछि पनि थकाइ महसुस हुने, कमजोरी हुने र स्वास फूल्ने समस्या छ भने त्यो मुटुरोगको लक्षण हुनसक्छ ।
धेरै पसिना आउनेः सधै मन डराउने र जिउबाट धेरै पसिना निस्किने गर्दछ भनेपनि होसियार हुनहोस् ।
एसिडिटीः लगातार धेरै दिनसम्म पेट खराब हुने र एसिडिटीको समस्या हुनु पनि मुटुरोगको लक्षण हुनसक्छ ।
गर्दन तथा काँध दुख्नुुः जिउमा रक्तसंचार राम्रोसँग नहुनाले गर्धन तथा काँधमा दुखाइ बढ्दछ । यो पनि मुटुरोगको संकेत हुनसक्छ ।
छाति दुख्नुः लगातार धेरै दिनसम्म छातिको माथिल्लो भाग दुख्नु र पसिना आउनु मुटुरोगको संकेत हुनसक्छ ।
छाला पहेँलो हुनुः विस्तारै छाला पहेँलो हुँदै जानु पनि मुटुरोगको लक्षण हुनसक्छ ।
उच्च रक्तचापः रक्तचाप उच्च भइरहँदा प्रायः मुटुरोगको जोखिम बढ्न सक्दछ ।