१७ पुस, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले तनहुँमा एकै पटक २ वटा शाखा कार्यालयहरु स्थापना गरेको छ । स्थापना गरिएका शाखा कार्यालयहरु मध्ये तनहुँको तुरतुरे शाखाको उदघाटन कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले र खैरेनीटार शाखाको उद्घाटन संचालक प्रदिपकुमार खडकाले गरेका छन् ।
यस राष्ट्रिय स्तरको वित्तिय संस्थाले न्यून आय भएका तथा बिपन्न वर्गका महिलाहरुलाई विभिन्न आय आर्जनको व्यवसाय सञ्चालन गर्न उनीहरुको घरदैलोमा लघुवित्त सेवा पुर्याउने उद्देश्य लिएको छ । कम्पनीले चितवन, धादिङ्ग, नवलपरासी, सुनसरी, रुपन्देही तथा अन्य स्थानहरुमा पनि छिटै शाखा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4