Comments Add Comment

सन्तानलाई जन्म दिएको १७ दिनमै घुम्न हिँडिन करिना

katrina-gang-party
एउटी महिला सुत्केरी भएपछि कति दिनसम्म घर भित्रै बस्छिन् होला ? कम्तिमा एक महिनासम्म जुनसुकै समुदायका महिलाले पनि घरमै बस्ने चलन हुन्छ । तर, बलिउड नायिका करिना कपुर सुत्केरी भएको १७ दिनमै ‘गर्ल ग्याङ’को साथमा घुम्न निस्केकी छिन् ।

घुम्नका लागि उनलाई साथ दिएका छन् उनकी दिदी करिश्मा कपुर र अर्की नायिका मलाइका अरोरा र अमृता अरोराले । करिनाले रेड गाउनमा छिन् भने उनकी दिदी करिश्मा पिंक टिसर्टमा छिन् । घुम्ने क्रममा बान्द्रामा उनीहरुको भेट ज्याकलिन फर्नाडिससँग पनि भएको थियो ।

पछिल्लो पटक आमा बन्नु अगाडी करिना श्रीमान सेफ अलि खानसँगै डिनरमा सहभागी भएकी थिइन् ।

karina-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment