२२ जनवरी, एडिलेड। अस्ट्रेलियामा पहिलो पटक बेलायति पहुंच स्थापना भएको सम्झना गर्दै मनाइने ‘अस्ट्रेलिया डे’ मा साउथ अस्ट्रेलियाको नेपाली समुदायले बिशेष सहभागिता जनाउने भएको छ । नेपाली समुदायले गर्ने प्रस्तुतिहरु र कार्यक्रमलाई स्तरीय गराउनको लागि एडिलेड नेपाली समाज अस्ट्रेलियाले यहाँ रहेका सम्पूर्ण संघसस्थाहरुसँग छलफल गरी समिति गठन गरेको छ।
यहाँ रहेका सम्पूर्ण संघसस्थाहरुको सहकार्यमा नेपाली समुदायबाट नेपालको पर्यटन र कलासंस्कृति झल्किने प्रस्तुतिहरु परेडमा देखाउने तयारी गरेको एडीलेड नेपाली समाज अस्ट्रेलियाकी अध्यक्ष सन्तोषी गौतमले बताइन्।
हरेक वर्ष जनवरी २६ तारिखमा बेलायति फौज सहितको जहाज अस्ट्रेलियाको भु-भागमा ल्याइएको सम्झनामा मनाइने अस्ट्रेलियन डेमा यहाँ रहेका धेरै समुदायको र हजारौ मानिसहरुको उपस्थिति हुने भएकाले पनि यसलाई अवसरको रुपमा प्रयोग गर्दै नेपाली समुदायले आफ्नो प्रस्तुति दिने गैरआवासीय नेपाली संघ साउथ अस्ट्रेलियाका संयोजक नबिन कंडेलले बताए।
गभर्नर फिलिपको अगुवाइमा अस्ट्रेलियामा पहिलो पटक बेलायति कोलोनि स्थापना भएको दिनको सम्झना स्वरुप ‘अस्ट्र्लियन डे’ मनाइने गरिन्छ । परेड, कन्सर्ट र अतिश बाजिको रमाईलोसँगै साउथ अस्ट्रेलियाको एडिलेड सहरमा हुने उक्त कार्यक्रम मुख्य सार्बजनिक कार्यक्रमको रुपमा लिने गरिएको छ । २०१० बाट बृह्यत रुपमा एलडर पार्कमा गरीने यस बिशेष कार्यक्रममा करिब ४० हजार बढीको उपस्थिति रहँदै आएको अस्ट्रेलिया डे काउन्सिल अफ साउथ अस्ट्रेलियाले दाबी गर्दै आएको छ ।