Comments Add Comment

सेक्समा चरम सुखको राज के हो ?

अलग अलग यौन रुझान भएका महिलाहरुमा चरमोत्कर्ष तथा अर्गेज्मको स्तर भिन्न हुन्छ । कुनै पुरुष वा समलिंगी तथा द्धिलिंगी मानिसको तुलनामा एक सामान्य महिला सेक्समा कम मात्रामै चरमोत्कर्षमा पुुग्न सक्दछन् । यो तथ्य अमेरिकामा ५२ हजार ६ सय मानिसमा गरिएको एक अध्ययनबाट पुष्टि भएको हो ।

द्धिलिंगी अर्थात् बाइसेक्सुअल भनेका ती मानिस हुन् जसले महिला र पुरुष दुबैसँग सहवास गर्दछन् ।

अमेरिकामा गरिएको उपर्युक्त अध्ययनमा महिला-पुरुष या अलग अलग प्रकारको यौन रुझान भएका व्यक्तिहरुमा सेक्सका दौरान प्राप्त हुने चरमोत्कर्षका बीच कति अन्तर हुन्छ भन्ने कुराको विश्लेषण गरिएकेा थियो ।

आर्काभइ अफ सेक्सुअल बिहेवियर नामबाट गरिएको अध्ययनको नतिजाले के बताउँछ भने धेरै भन्दा भन्दा चरमोत्कर्षका लागि जोडीहरुले आफ्नो यौन व्यवहारमा फरकपना ल्याउन सक्दछन् ।

जसमा ओरल सेक्स तथा आफ्नो यौन पार्टनरलाई प्रेमपूर्वक सुम्सुम्याउने, छुने तथा अन्य खाले पाकक्रिडा लगायतका क्रियाकलाप सामेल छन् ।

इण्डियाना विश्वविद्यालय, च्यापमेन विश्वविद्यालय तथा क्येयरमान्ट ग्रयाजुएट विश्विद्यालयका शोधकर्ताहरुले संयुक्त रुपमा गरेको शोध अनुसार आम रुपमा चरमोत्कर्ष प्राप्त गर्नेको अनुपात यस्तो किसिमको रहेको छः

६५ प्रतिशत सामान्य महिला
६६ प्रतिशत बाइसेक्सुअल महिला
८६ प्रतिशत समलिंगी महिला
८८ प्रतिशत बाइसेक्सुुअल पुरुष
८९ प्रतिशत समलिंगी पुुरुष
९५ प्रतिशत सामान्य पुरुष

शोधकर्ताहरु भन्छन्ः यद्यपि शोधबाट यस कुराको संकेत मिलेको छ की चरमोत्कर्षका बीचको यस अन्तरलाई कम गर्न सकिन्छ । तथ्य यो होकी एक समलिंगी महिला कुनै सामान्य महिलाको तुलनामा आमरुपमा बढि चरमोत्कर्ष प्राप्त गर्छन् । यसले के संकेत गरेको हुन्छ भने कैयन् सामान्य महिलाहरुमा चरमोत्कर्ष हासिल गर्ने दर अधिक हुनसक्दछ ।

शोधकर्ताका अनुसार केही सामान्य महिलाहरु नियमित सेक्सकै माध्यमबाट चरमोत्कर्षसम्म पुुग्न सक्दछन् ।

अध्ययनबाट यो पनि पत्ता लागेको छ की सेक्सका दौरान हुने अन्य गतिविधिका साथसाथै मिलिजुली मुखमैथुन गर्नुको पनि छुट्टै महत्व छ ।

धेरै मुखमैथुनबाट अधिक चरमोत्कर्ष हासिल हुने कुरामा सामान्य महिला, समलिंगी महिला, बाइसेक्सुुल महिला, समलिंगी पुरुष र बाइसेक्सॐल पुुरुषमा समानता देखिएको छ । मुखमैथुन र चरमोत्कर्ष बीचमा हुने सम्बन्धका विषयमा केवल सामान्य पुरुषमा मात्र कुनै सम्बन्ध देखिएन ।

महिलामा अधिक चरमोत्कर्षसँग जोडिएका व्यवहार यस्ता हुने गरेका छन्ः

१. आफ्नो पार्टनरसँग आफुले ओछ्यानमा के के चाहन्छुु भन्ने कुरा बताउने ।
२. ओछ्यानमा प्रदर्शन गरिने व्यवहारका विषयमा आफ्नो पार्टनरको तारिफ गर्ने ।
३. कुनै कामूक चिज गर्नका लागि आफ्नो पार्टनरलाई टेलिफोन गर्ने वा इमेल गरेर घोँचपेच गर्ने ।
४. सेक्सी अन्तर्वस्त्र लगाउने
५. अलग अलग पोजिसनमा सहवास गर्ने
६. गुँदामैथुनलाई समेत उपयोग गर्ने
७. आफ्नो यौनइच्छाका विषयमा कुराकानी गर्ने, बताउने
८. सेक्ससँग जोडिएका कुराकानी, रसरँग गर्ने, प्रेम दर्शाउने

शोधकर्ताहरुका अनुसार महिला र पुरुषमा चरमोत्कर्ष प्राप्तिमा हुने भिन्नताका लागि जैविक कारणसँगै सामाजिक तथा विकासवादी कारणहरु पनि रहेका छन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment