+
+
Shares

राजदूतहरुलाई परराष्ट्रमन्त्रीको निर्देशन-राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर काम गर्नू

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १२ गते १७:१६

१२ बैशाख, काठमाडौं । परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले नेपालको राष्ट्रिय आवश्यकता र स्वार्थलाई केन्द्रबिन्दुमा राखेर काम गर्न नवनियुक्त नेपाली राजदूतहरुलाई निर्देशन दिएका छन् ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा नवनियुक्त राजदूतहरुसँग आयोजना गरेको तीन दिने अन्तरक्रियामा महतले नेपालको स्वार्थमा केन्दि्रत भएर नेपाललाई अन्तराष्ट्रिय जगतमा परिचित गराउने निर्देशन दिएका हुन् ।

‘आफू खटिएको देशसँगको द्विपक्षीय सम्बन्ध, बिभिन्न क्षेत्रीय संगठनमा नेपालको बलियो उपस्थितिका साथै आˆनो कार्यसम्पादनका क्रममा नेपालको आवश्यकता र प्राथमिकतालाई राजदूतहरुले सदैव ध्यान दिनुपर्दछ ।’ उनले भने

कूटनीतिक माध्यमबाट आˆनो लक्ष्य र उद्देश्यका साथ परिणाममुखी भएर काम गर्न उनले विभिन्न देशका लागि नियुक्त राजदूतहरुलाई निर्देशन दिएको महतका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?