+
+

कांग्रेसले बहिस्कार गरेपछि कीर्तिपुर नगरपालिकाको मतगणना रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २ गते ८:०९

२ जेठ, काठमाडौं । दलहरुबीच विवादका कारण  कीर्तिपुर नगरपालिकाको मतगणना रोकिएको छ । वडा नम्बर २ को मतगणना सकिएपछि कांग्रेसले पुन मतगणनाको माग गरेकाले विवाद भएको हो ।

वडा नम्बर २ को वडाध्यक्षमा एमालेले ३६ मतले जितेकोमा नेपाली कांग्रेसले ७ मतले मात्र जितेको भन्दै पुनःमतगणना माग गरेको हो ।

कांग्रेसले गणना बहिस्कार गरेर हिडेपछि अरु दलका प्रतिनिधि पनि पहिले कांग्रेसलाई मनाउँ भन्दै निस्केपछि गणना स्थगित भएको गणनास्थलबाट एमालेका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले बताए ।

वडा नम्बर १ मा यसअघिनै एमालेले जितिसकेको छ । अब पुनः दलहरुबीच छलफल गरेर गणना थालिने निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?