+
+

भरतपुर महानगर अपडेट: रेणु दाहाल एमालेका ज्ञवालीभन्दा १५ सयले पछाडि

सुवास पण्डित सुवास पण्डित
२०७४ जेठ ३ गते १७:२५

३, जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस-माओवादी गठबन्धनबाट मेयरमा पदमा उम्मेदवार बनेकी रेणु दाहाल एमाले उम्मेदवार देवी ज्ञवालीभन्दा १५ सय ५२ मतले पछाडि परेकी छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्री रेणुले २५ सय १४ मत ल्याउँदा ज्ञवालीले ४ हजार ६६ मत ल्याएर अग्रता कायमै राखेका छन् ।

महानगरपालिकाको २९ वडामध्ये वडा नम्बर १ र २ को गणना पूरा भइसकेको छ ।

अहिले वडा नम्बर ३ को गणना जारी छ । वडा नम्बर ३ एमालेभन्दा कांग्रेसको बलियो क्षेत्र मानिन्छ । यो वडाको मतगणना सकिएपछि मतअन्तरको आधारमा कसको पल्ला भारी भनेर थप विश्लेषण गर्न सकिन्छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?