६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा नेकपा एमालेका विद्यासुन्दर शाक्यले साढे ५ हजार मतको अग्रता लिएका छन् ।
अपरान्ह ३ बजेसम्म भएको गणना अनुसार शाक्य ५ हजार ६१३ मतले अगाडि छ । उनले १८ हजार ३८० मत पाएका छन् ।
कांग्रेसका राजुराज जोशीले १२ हजार ७६७ मत पाएका छन् । तेस्रो स्थानमा विवेकशील नेपाली दलकी रञ्जु दर्शना छिन् । उनले ७ हजार ३३६ मत पाएका छन् भने साझा पार्टीका किशोर थापाले ५ हजार ५४० मत पाएका छन् ।
पाँचौं स्थानमा माओवादी केन्द्रका सर्वोत्तम ढंगोल छन् । उनले २ हजार १३७ मत पाएका छन् ।