+
+

काठमाडौं महानगरको मत गणनाः राजुराज १३ हजारले पछि परे तर, अझै आश मारेका छैनन्

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १० गते १०:१८

१० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा नेकपा एमालेका विद्यासुन्दर शाक्यले १३ हजार बढीको अग्रता लिएका छन् । तर, उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका राजुराज जोशीले भने अझै हार मानेका छैनन् ।

बुधबार विहान १ लाख ३२ हजार बढी मत गणना हुँदासम्म एमालेका मेयरका उम्मोदवार शाक्यले ४४ हजार ६९६ मत पाएका छन् ।

कांग्रेसका उम्मेदवार जोशीले भने ३१ हजार ३७० मत पाएका छन् । लगायत पछि पर्दै गएपछि कांग्रेस उम्मेदवार जोशीले हार मानेका छैनन् । ‘मत गणना जारी छ, अन्तिमसम्म आश रहन्छ’ जोशीले अनलाइनखबरसँग भनेका छन् ।

तेस्रो स्थानमा विवेकशील नेपाली दलकी रञ्जु दर्शना छिन् । उनले १६ हजार ३२० मत पाएकी छन् । चौथो स्थानमा रहेका साझा पार्टीका उम्मेदवार किशोर थापाले १२ हजार ३३९ मत पाउँदा माओवादीका सर्वोत्तम डंगोलले ४९४९ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?