+
+

दाजु बहिनी फरक-फरक दलबाट एउटै वडामा उम्मेदवार

टेकबहादुर ओली टेकबहादुर ओली
२०७४ जेठ २६ गते १२:०९
हर्कप्रसाद सुनार र उनकी बहिनी लिला सुनार (दायाँ) । हर्कप्रसाद एमालेबाट र लिला माओवादीबाट उमेदवार बनेका छन् ।

२६ जेठ, रुकुम । दोस्रो चरण अन्तरगत असार १४ गते हुन लागेको स्थानीय निर्वाचनमा रुकुमको भुमे गाउँपालिका वडा नम्वर ६ मा एउटै घरका दाजु-बहिनी फरक-फरक दलबाट उम्मेदवार बनेका छन् ।

दाजु हर्कप्रसाद सुनार एमालेबाट र बहिनी लिला सुनार माओवादी केन्द्रबाट वडा सदस्यमा उमेदवार बनेका हुन् ।

एमालेबाट उमेदवार बनेका हर्कप्रसाद बन समूहको कोषाध्यक्ष र आधारभूत विद्यालय डलिबाङको विद्यालय ब्यवस्थापन समिति अध्यक्ष समेत हुन् ।

माओवादीबाट उम्मेदवार बनेकी लिला सुनारले पनि लामो समयसम्म स्वास्थ्य स्वयंसेविका, बन समूहको सचिव र वडा नागरिक मञ्चमा वरिष्ठ सदस्यमा रहेर सामाजिक क्षेत्रमा काम गर्दै आएकी छन् ।

चुनाव नजिकिएसँगै दुबैले आ-आफ्नो पार्टीको प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । दुबै दाजु-बहिनी बिगतदेखि नै समाजसेवामा रहेकाले चुनावमा कसले बाजी मार्ला भन्ने चासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?