+
+

बुटवल उपमहानगरमा कांग्रेस-माओवादी चुनावी तालमेल

 कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७४ जेठ ३० गते २०:३०


३० जेठ, बुटवल । पश्चिम क्षेत्रको शक्तिशाली उपमहानगर बुटवलमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको चुनावी तालमेल भएको छ ।

बुटवलसँगै देवदहमा कांग्रेस र माओवादीले सहकार्य गर्ने लिखित सहमति भएको छ । दुबै स्थानीय तहको प्रमुख कांग्रेसले लिएको छ भने उपप्रमुख माओवादीले पाएको छ ।

बुटवल उपमहानगरपालिकामा कांग्रेसको तर्फबाट मेयरमा खेलराज पाण्डेय र उपमेयरमा नेकपा माओवादी केन्द्रबाट जगतबहादुर पोखरेल उम्मेदवार बन्नेछन् ।

देवदह नगरपालिकामा पनि मेयरमा कांग्रेसको तर्फबाट हिराबहादुर खत्री र उपमेयरमा नेकपा माओवादी केन्द्रको तर्फबाट टीका न्यौपाने गौतम उम्मेदवार बन्नेछन् ।

चुनावी तालमेलको सहमतिमा पत्रमा कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक र माओवादी केन्द्रका जिल्ला इञ्चार्ज हकिकुल्ला खाँले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?