+
+

अब रणवीरसँग काम गर्दिनँः कट्रिना कैफ

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ७ गते ०:५०


आउँदो महिना रिलिज हुने चलचित्र ‘जग्गा जासुुस’को प्रमोशनमा ब्यस्त छन् नायिका कट्रिना कैफ र नायक रणबीर कपुर । दुबैको ब्रेकअपछि यो चलचित्र रिलिज हुन लागेको हो । प्रमोशनमा क्रममा आयोजित एक कार्यक्रममा नायिका कैफले रणबीरसँग काम गर्न निकै गार्‍हो भएको बताइन् ।

भविष्यमा फेरि रणबीरसँग काम गर्नु हुन्छ कि हुन्न ? संवाददाताको प्रश्नको जवाफ दिँदै कट्रिनाले भनिन्- ‘रणबीरसँग म अब काम गर्दिनँ । यही नै अन्तिम चलचित्र हो ।’ रणबीरले पनि कट्रिनासँग काम गर्न निकै गार्‍हो भएको संकेत गरे । कट्रिना अहिले ‘टाइगर जिन्दा हे र ठग अफ हिन्दुस्तान’मा काम गर्दैछिन् । रणबीर सञ्जय दत्तको बायोपिक चलचित्रमा ब्यस्त छन् ।

अनुराग बसुको निर्देशनमा बनेको यो चलचित्र जुलाई १४ मा प्रदर्शन हुने भएको छ ।सात वर्षसम्म रिलेशनमा रहेका रणबीर-कट्रिनाको सन् २०१६ मा ब्रेकअप भएको थियो । त्यति मात्रै हैन ब्रेकअप हुन ६ महिना अघि मात्रै उनीहरुले लिभइन रिलेशन सुरु गरेका थिए ।

सन् २००९ मा रिलिज भएको चलचित्र ‘अजब प्रेमकी गजब कहानी’ को सुटिङमा रणबीर र कट्रिनाको अफेयर सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?