Comments Add Comment

राजधानीका विद्युत्त लाइन भूमिगत गरिँदै, ओछ्याउन सडक भत्काउने तयारी


२२ असार, काठमाडौं । उपत्यकाका सडक अब नेपाल विद्युत् प्राधिकरणले भत्काउने भएको छ । प्रसारण लाइन भूमिगत गर्न प्राधिकरणले सडक भत्काउन लागेको हो । तर, मूल सडक नभएर पेटी मात्रै भत्काएर विद्युत् लाइन भूमिगत गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार पहिलो चरणमा रत्नपार्क र महाराजगन्जआसपासका सडक भत्काइनेछ । मेलम्ची खानेपानी आयोजनाको जसरी मूल सडक नभत्काइने उनले बताए ।

विद्युत् लाइन भूमिगत गर्ने योजनाका लागि एसियाली विकास बैंकले १५ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । सरकारले आगामी आर्थिक वर्षभित्र उपत्यकाका केही स्थानको प्रसारण लाइन भूमिगत गर्ने योजना बनाएको नयाँ पत्रिकामा खबर छ । प्रसारण लाइन भूमिगत गर्ने क्रममा कमभन्दा कम सडक भत्काउन सडक विभागसँग समन्वय गरिने प्राधिकरणको भनाइ छ । भत्काइने सडकपेटीको लम्बाइ र विद्युत् प्रसारण लाइन भूमिगत गरिँदा लाग्ने खर्चको विवरण प्राधिकरणले सार्वजनिक गरेको छैन ।

तस्वीर: नयाँ पत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment