Comments Add Comment

प्रचण्डको राजनीतिक दस्ताबेजः माओवादी पनि ‘संसदवाद’मा

८ साउन, काठमाडौं । बल प्रयोगको सिद्धान्तलाई आत्मसात गर्दै आएको माओवादी केन्द्रले औपचारिक रूपमै ‘संसद्वाद’ अवलम्बन गरेको छ । पार्टी सचिवालय बैठकमा शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनलाई अब शान्तिपूर्ण र प्रतिस्पर्धात्मक रूपमा संस्थागत उपयोग गर्ने लिखित प्रस्ताव पेस गरेपछि माओवादीले औपचारिक रूपमा ‘संसद्वाद’ लाई अवलम्बन गरेको हो ।

प्रचण्डको लिखित प्रस्तावलाई सचिवालय बैठकले पारित गरेको छ ।प्रचण्डले निर्वाचनलाई रुसमा लेनिनले ‘दुमा’ उपयोगको अर्थका रूपमा नेपालमा लिन नहुने भन्दै अब शान्तिपूर्ण र प्रतिस्पर्धात्मक नीति उपयोग गर्नुपर्ने उल्लेख गरेका छन् ।
‘शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको वर्तमान चरणमा पार्टीले निर्वाचनलाई लेनिनले ‘दुमा’ को उपयोग गरेको अर्थमा नलिई सर्वहारा श्रमजीवी वर्गको संघर्षले ल्याएको उपलब्धिलाई संस्थागत र उपयोग गर्ने नयाँ चरणको क्रान्तिको तयारीको अर्थमा ग्रहण गर्नुपर्छ’, सचिवालय बैठकले पारित गरेको प्रचण्डको दस्ताबेजमा जोड दिइएको छ ।

लेनिनले सन् १९०५ को निर्वाचनमा पार्टी पराजित भएपछि पार्टी बचाउन भन्दै पुनः क्रान्तिमै जाने निर्णय लिएका थिए । माओवादी केन्द्रले पनि यसअघि निर्वाचनलाई मात्र उपयोगका रूपमा लिँदै आवश्यक परे फेरि क्रान्तिमै फर्किने बताउँदै आएको थियो । तर, शनिबार पारित प्रचण्डको राजनीतिक प्रतिवेदनपछि भने वैधानिक रूपमा अबदेखि उसले निर्वाचनलाई प्रयोग गर्ने स्पष्ट गरेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment