+
+

अजयमेरु गाउँपालिका प्रतिनिधिको पहिलो भत्ता बढी पीडितलाई

आशिष मल्ल आशिष मल्ल
२०७४ भदौ २ गते १३:३०

२ भदौ, डडेल्धुरा । अजयमेरु गाउँपालिका डडेल्धुराको प्रथम गाउँसभाले पहिलो बैठकको भत्ता बाढी पीडितलाई दिने निर्णय गरेको छ ।

देशका विभिन्न क्षेत्रमा भएको बाढी पहिरोको पीडालाई कम गर्न देशैभरीबाट राहत संकलन गरेर सहयोग होस् भनेर आफूहरुले पाउने भत्ता दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए ।

गाउँपालिका अन्तगरतका सबै जनप्रतिनिधिको एकदिनको भत्ता, शिक्षक र कर्मचारीको एकदिनको तलव गाउँपालिका अध्यक्ष राहत कोषमा जम्मा गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको अध्यक्ष भट्टले बताए ।

उनले अन्य इच्छुक व्यक्तिहरुलाई पनि सहयोगको लागि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?