+
+

पश्चिम रुकुममा थपियो अर्को यातायात समिति

टिकट बुकिङ मोबाइलबाटै

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २४ गते १०:५५

२४ भदौ, रुकुम । पश्चिम रुकुममा नयाँ यातायात समितिले आज देखि गाडी सञ्चालनमा ल्याएको छ ।

सदरमुकाम मुसिकोटमा प्रधान कार्यालय रहने गरी मध्यपहाडी लोक मार्ग यातायात प्रालि आजदेखि सञ्चालनमा आएको हो ।

रुकुममा हाल ४ वटा यातायात समिति संचालनमा छन् ।

अव पश्चिम रुकुममा मात्र यातायात समितिको संख्या ५ पुगेको छ ।

मोबाइलबाटै टिकट बुकिङ

प्रालिले गाडीको टिकटका लागि कार्यालयसम्म धाउनु पर्ने समस्याबाट समेत यात्रुहरुलाई मुक्ति दिएको छ । मोबाइलबाटै गाडी टिकट बुकिङ गर्ने व्यवस्था मिलाएर समितिले झन्झट हटाएको हो । ‘हामीले मोबाइल एपबाटै टिकेट बुकिङ्ग गर्न सक्ने व्यवस्था मिलाएका छौं’, अध्यक्ष गिरीले भने ।

रुकुमको पश्चिम क्षेत्रमा सिस्ने हिमाल बस तथा मिनिबस यातायात व्यवसायी समिति, रुकुम यातायात प्रालि, प्रफी यातायात र सानोभेरी यातायात सेवा समितिले यसअघि नै गाडी सञ्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?