+
+

नेपाल बंगलादेशको सीईओमा ढुंगानाको निरन्तरता, करिब १६ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २५ गते १२:३६


२५ भदौं, काठमाडौं । नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र प्रसाद ढुंगानाले निरन्तरता पाएका छन् । बैंकको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी कार्यकालको लागि पनि निरन्तरता दिने निर्णय गरेको हो ।

ढुंगानाको नयाँ कार्यकाल पनि ४ वर्षको हुनेछ ।

बैंकले १२ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश पनि दिने भएको छ ।

बैंकको लाभांश प्रस्ताव २४ गते बसेको सञ्चालक समितिको बैठकले पारित गरेको हो । बैंकको लाभांश राष्ट्र बैंकले स्वीकृत र कम्पनीको साधारण सभाले पारित गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?