+
+

रामेछापका ६०० विद्यार्थीलाई मालश्री ट्रष्टको छात्रवृत्ति

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २२ गते १२:२०

२२ असोज,रामेछाप । मालश्री ट्रष्टले रामेछापको सालुस्थित सेतीदेवी उच्च माध्यामिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत ६ सय विद्यार्थीलाई ५ हजारका दरले छात्रवृत्ति दिएको छ ।

ट्रष्टले विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्य परीक्षणका लागि सिएमए नियुक्त गरी क्लिनिक समेत सञ्चालन गनेए भएको छ ।

‘सामान्य स्वास्थ्य परीक्षणका लागि स्कुलनै विदा लिएर जानुपर्ने अवस्था अन्त्य गर्न ट्रष्टले स्कुलमै सामान्य स्वास्थ्य क्लिनिक निर्माण गर्नेछ,’ ट्रष्टका अध्यक्ष ऋषि काफ्लेले भने यस्तै ट्रष्टले एसइइमा उत्कृष्ट अंक ल्याउने छात्रा सरस्वती मुक्तानलाई ११ हजार नगद र पदकसहित मालश्री अवार्ड प्रदान गरेको छ ।

ट्रष्टकी अध्यक्ष निलिमा काफ्लेले २०७३ सालको एसइइमा उत्कृष्ट अंक ल्याउने छात्रालाई सम्मान गरेकी हुन् ।

ट्रष्टले त्यही विद्यालयमा अध्ययनरत अन्य २९ जना विद्यार्थीलाई शैक्षिक सामाग्री समेत हस्तान्तरण गरेको छ ।

मीर्गौला रोग विशेषज्ञ डा.ऋषि कुमार काफ्लेकी छोरी मालश्री काफ्लेको सम्झनामा ट्रष्ट स्थापना भएको हो ।

ट्रष्टले रामेछापका विभिन्न स्कुलमा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति रकम, रामेछापमा एम्बुलेन्स वितरण, नेपालका विभिन्न ठाउँहरुमा निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?