२६ असोज, काठमाडौं । तुर्कमिनिस्तानका राष्ट्रपतिले रुसी समकक्षी भ्लादिमिर पुटिनलार्इ पप्पी (कुकुर) उपहार दिएका छन् ।
तर, यो कुनै व्यंग गरेर दिइएको भने होइन ।
पुटिनलाई कुकुर प्रेमीका रुपमा लिइन्छ । बुधबार उनको जन्मदिनको अवसर पारेर तुर्कमिनिस्तानका राष्ट्रपति गुर्वानगुली बेर्दिमुहामेदो पप्पी उपहार दिएका हुन् ।
‘हामी साथी हौं र यो युनिक अलाबी कुकर हो’ आफूसँगै ल्याएको ‘केज’बाट पप्पी निकाल्दै उनले भने ।
पप्पी उपहार पाएपछि पुटिनले उनी मायापूर्वक हातमा लिए र किस गर्दै कोठामा छाडे ।