३१ असोज, झापा । झापाको कनकाई नगरपालिका–१, दुर्गापुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका–११ का ३० वर्षीय बुद्धि राईको ठक्करबाट ज्यान गएको हो ।
राई सवार मे १ प ७९११ नम्बरको मोटरसाइकललाई सोमबार मे १ त ३६५० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।
दुर्घटनाबाट गम्भीर घाइते भएका राईको विएण्डसी अस्पताल, बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
ट्याक्टरका चालक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4