+
+

नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एनएमबि बैंकबीच तालिम सम्बन्धि सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ३१ गते १३:२७


३१ असोज, काठमाडौं । त्यस्तै, नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र एनएमबि बैंकबीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सोमवार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार एनबीआईले बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । यस सम्झौता अनुसार एनएमबि बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबाट रु ५० लाख बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ ।

उक्त सम्भौतापत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के।सी। र नेशनल बैंकिङ ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बा बीच हस्ताक्षर भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?