+
+

एमाले उम्मेदवार आलेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २२ गते १८:३७

२२ कात्तिक, काठमाडौं । वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि डोटीका एमाले उम्मेदवार प्रेमबहादुर आलेमगरले आचारसंहिता उल्लंघन गर्दै पैसा बाँडेको भन्ने उजुरी परेपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आयोगले बुधबार उम्मेदवार आलेमगरलाई २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ पठाउन भनेको छ ।

डोटीमा उनले मतदातालाई प्रभावित पार्न पैसा वितरण गरेको समाचार अनलाइन समाचार पोर्टलहरुले प्रकाशित गरेपछि उनीमाथि उजुरी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?