+
+

तनहुँमा वस दुर्घटना २४ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २६ गते १९:३३

२६ मंसिर, तनहुँ । तनहुँको वन्दीपुरस्थित बेलभञ्ज्याङमा यात्रु वस दुर्घटना हुँदा २४ यात्रु घाइते भएका छन् ।

चितवनको नारायणगढबाट पोखरा जादै गरेको ना ५ ख ९८४६ नम्बरको बस पृथ्वी राजमार्ग अन्र्तगत पर्ने तनहुँको बेलभञ्ज्याङमा दुर्घटना भएको हो ।

दुर्घटनामा १८ जना सामान्य घाइते भएका छन् भने, ६ जनाको अवस्था गम्भिर छ । गम्भिर घाइतेहरुल्ााई उपचारका लागि पोखरा र काठमाण्डौं लगिएको प्रहरीले जनाएको छ ।

बसको यान्त्रिक खरावीका कारणले बस दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा चालकसमेत घाइते भएको तनहुँका एसपी उमेशराज जोशीले जानकारी दिए ।

दुर्घटनामा परि गम्भीर घाइते हुनेमा पोखरा-८ कि ६३ वर्षीया डम्बरकुमारी गुरूङ, पोखरा-११ की ६० वर्षीया मनकुमारी गुरूङ, पोखरा-१२ कि ३१ वर्षीया कामना गुरूङ, पोखरा रामबजार की ४२ वर्षीया चीजा नेपाली, म्याग्दीका २० वर्षीय सूर्य थापामगर र व्यास नगरपालिका वडा नम्बर ९ की ४३ वर्षीया विष्णुमाया नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?