२८ मंसिर, काठमाडौं । मध्यउपत्यका नगर यातायात समितिको १३ वटा ठूला बस सञ्चालनमा आएको छ ।
समितिले ४० सिट क्षमताको सेमी लो फ्लोर बस सञ्चालनमा ल्याएको हो । समितिले टाटाको मार्कोपोलो अल्ट्रा बस चलाएको हो ।
भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले एक कार्यक्रमका बीच सको सेवा शुभारम्भ गरे ।
भक्तपुरबाट छुट्ने यि बस कोटेश्वर, विमानस्थल, गौशाला, रातोपुल, नक्साल, शिक्षण अस्पताल, नारायणगोपाल चोक, सामाखुसी, नयाँबसपार्क, स्वयम्भु हुँदै कलंकीसम्म पुग्नेछ ।