माघ १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक भएको छ । मिलन चाम्सले निर्देशन गरेको यो चलचित्रलाई त्रिकोणात्मक प्रेम कथामा देखाइएको ट्रेलरबाट प्रष्ट हुन्छ ।
तर, नायक दयाहाङ राई चलचित्रका २ नायिका प्रियंका कार्की र दिया पुन मध्ये कसका हुन्छन् भन्ने ट्रेलरमा खुलाइएको छैन । नेपाल र बेलायतमा खिचिएको चलचित्रको लण्डनमा प्रिमियर समेत भैसकेको छ । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, दिया पुन, संजय गुप्ता लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रमा बीपी खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्सको लगानी छ । चलचित्रमा विक्की जोशी, जेनिहा लिम्बु, मोनिका, रुपा पुन लगायतको पनि अभिनय छ ।
सम्राट बस्नेतको एक्सन, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको यो चलचित्रमा संगीत छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4