२७ डिसेम्बर, अस्ट्रेलिया । तामाङ सोसाइटी अफ एन.एस्.डब्लुले आगामी जनवरी २७ तारिखको दिन आफ्नो मौलिक पर्व सोनाम ल्होछार २८५४ भब्यता का साथ मनाउने भएको छ ।
यस् साँस्कृतिक तथा पारिवारिक कार्यक्रम मा तामाङहरुको मौलिक सँस्कृति झल्कने बिभिन्न झाकीहरुको मज्जा लिन सकिन्छ ।
हरेक वर्ष बिभिन्न जिब जन्तुहरुले नामाकरण गरिने नेपाली तामाङहरुको यो बिशेष चाड यस् वर्ष भने कुकुर वर्ष लागु हुने भएको छ ।
आयोजकका अनुसार नागी (खि) भन्नाले कुकुर र ल्होछार भन्नाले नयाँ वर्ष भन्ने बुझिन्छ । प्रबेश शुल्क २० डलर राखिएको यस् कार्यक्रममा बिगतका वर्षहरु झै यस् वर्ष पनि नेपाली तामाङहरुको कला सँस्कृति झल्कने बिशेष नाचगान, नेपालबाट आउने चर्चित गायक बिजय लामाको उत्कृष्ट सेलो तथा पप गायन प्रस्तुती, लामा गुरु पूजा र अन्य स्थानीय कलाकारहरुको रमाइला क्रियाकलापहरुले कार्यक्रमलाई भरिपूर्ण बनाउने सँस्थाका अध्यक्ष् दिल तामाङले बताए ।
नेपाली तामाङहरुको महान चाड सोनाम ल्होछारलाई सब्य र भब्य तवरले मनाउन सिड्नीका सम्पूर्ण नेपाली समुदायहरुलाई आयोजक तामाङ सोसाइटी अफ एन.एस्.डब्लुले निमन्त्रणा गरेको छ ।