+
+

त्रिचन्द्र क्याम्पस अगाडि आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १८ गते १४:५४

१८ पुस, काठमाडौं । निर्वाचन आयोग, सरकार र इन्धनमा गरिएको मूल्यबृद्धिबिरुद्ध आन्दोलनमा उत्रिएको नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच त्रिचन्द्र क्याम्पस अगाडि झडप भएको छ ।

सडक कब्जा गरी नाराबाजी गरिरहेका आन्दोलनकारी बिद्यार्थीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला लगायत दर्जनौं बिद्यार्थी नेता कार्यकर्ता घाइते भएको अखिलका सचिव आरसी लामिछानेले जानकारी दिए ।

आक्रोशित बिद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र इन्धनमा गरिएको मूल्यबृद्धि बिरुद्ध चर्का नारा लगाइरहेका छन् । सरकारले हिजोमात्र पेट्रोलियन पदार्थ र खाना पकाउने ग्यासमा मूल्यबृद्धि गर्ने निर्णय गरेको थियो ।

सचिव लामिछानेले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्पक्षेपको बिरोध गर्दै आन्दोलन अझै शशक्त बनाइने बताए ।

आन्दोलन र झडपपछि त्रिचन्द्र क्याम्सप आसपास घण्टाघर, रत्नपार्क, भोटाहिटी, जमल क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?