+
+

नक्कली नागरिकता बनाएर वडाअध्यक्षलाई फसाउन खोज्ने आफैं फसे

नवराज पथिक नवराज पथिक
२०७४ पुष २२ गते १२:५७

२२ पुस, रामेछाप । फर्जी कागज बनाएर नागरिकता लिने समूहका ३ जनालाई वडाअध्य आफैंले समातेर प्रहरीमा बुझाएका छन् ।

पक्राउ पर्नोमा नक्कली नागरिकता लिने निशान जोशीका साथै सघाउने दुनीमाया सुनुवार र हरि सुनुवारलाई उमाकुण्ड गाउँपालिका ७ भुजीका वडाअध्यक्ष रुद्रमणि नेवारले पक्राउ परेका हुन् ।

निशानले निशान सुनुवारको नाममा एसएलसी परीक्षाको नक्कली प्रमाणपत्र बनाई वडा कार्यालयको सिफारिसका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । दुनिमायाले निशान आफ्नो कान्छो छोराभएको भन्दै नागरिकताका लागि सिफारिस बनाएका थिए ।

निशानले रामेछापका हरि सुनुवारलाई धरानमा भेटेको र सेनामा जागिर खानको लागि नागरिकता बनाइदिन आग्रह गरेका थिए । हरिले रामेछाप ल्याएर दुनिमायालाई आमा बनाई नक्कली नागरिकता जारी गरिदिएको खुलेको वडाध्यक्ष नेवारले बताए ।

निशानले नागरिकता बनाएपछि दुनिमायाका बैनी ज्वाई खिपबहादुरले वडाअध्यक्ष नेवारविरुद्ध किर्ते सिफारिस दिएको भन्दै उजुरी दिएका थिए । दुनिमाया नक्कली आमा बन्नु, उनकी बहिनीको छोरो हरिले नागरिकता बनाउन नक्कली मान्छे लिएर आउनु र दुनिमायाकै ज्वाईले नै आफू विरुद्ध उजुरी दिनुमा गम्भीर षड्यन्त्र रहेको वडाध्यक्ष नेवारको भनाइ छ ।

नागरिकता लिएका निशानले आफ्नो वास्तविक थर जोशी भएको र सानैमा आˆनो बुबाको मृत्यु भएको प्रतिक्रिया दिएका छन् । रामेछापबाट नागरिकता लिएर सेनामा भर्ती हुन धरान पुगेका बेला वडाध्यक्ष नेवार आफैंले समातेर प्रहरीलाई जिम्मा लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?