+
+

नुवाकोटमा मिनी ट्रक खस्यो, १ जनाको मृत्यु, ३ को अवस्था गम्भीर

रासस रासस
२०७४ माघ ८ गते ८:४१


८ माघ, नुवाकोट । पासाङल्हामु सडकखण्डअन्तर्गत बेलकोटगढी नगरपालिका–११ अमारेमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन् ।

ककनीबाट आइतबार साँझ बट्टारतर्फ आउँदै गरेको ना.२ क ५३७५ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा बेलकोटगढी–१३ का आशिष तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका १७ वर्षीय तामाङलाई उपचारका लागि काठमाडौँतर्फ लैजाँदै गर्दा बीच बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । शवपरीक्षणका लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ ।

दुर्घटनामा गाडी चालक ककनी गाउँपालिका–४ का २५ वर्षीय कुमार तामाङ, सोही स्थानका १७ वर्षीय किरण लामा र सहचालक किस्पाङ गाउँपालिकाको १७ वर्षीय कुमार तामाङ घाइते भएकाले ग्रिन सिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रनाउ रेग्मीका अनुसार उनीहरुको अवस्था गम्भीर छ ।

निर्माण सामग्री लिन बट्टार आउँदै गरेको मिनी ट्रक तीव्र गतिमा भएकाले असन्तुलित भई दुर्घटना हुँदा सडकबाट ८० मिटर तल पुगेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?