+
+

विवाहपछि पहिलोपटक स्टेजमा नाचिन् अनुश्का

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १५ गते १५:४४

मुम्बई । केही दिनअघि बिराट कोहलीसाग बिहे गरेकी बलिउड अभिनेत्री अनुष्का शर्मा अनुश्का शर्मा हालै मुम्बईमा ठुम्का नाच्दै गरेको भेटिइन् । विवाहपछि उनी पहिलोपटक स्टेजमा प्रस्तुत भएकी हुन् ।

मुम्बईमा आयोजित इन्टरनेसनल कस्टम्स डेको अवसरमा आयाजित कार्यक्रममा उनलाई आलिया भट्टले साथ दिएकी थिइन् । कार्यक्रममा अनुश्का पहेालो रंगको कुर्ता-सुरुवालमा थिइन् भने आलिया प्रिन्टेड ब्ल्याक एण्ड ह्वाइट गाउनमा । दुबैले स्टेजमा जमेर डान्स गरे ।

शाहरुख खान पनि डान्समा सहभागी थिए । रणबीर सिंह र रितेश देशमुको स्टेज पर्फमेन्सलाई दर्शकले राम्रो मानेका थिए । कार्यक्रममा श्रीदेवी, वरुण धवन, रोहित शेट्ठी, सुस्मिता सेन लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?