+
+

बाबुको किरिया बसेका छोराको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १९ गते १७:३६

१९ माघ, गोरखा । बाबुको किरिया बसेका छोरा गोरखा नगरपालिका-६ का इश्वर अर्यालको मृत्यु भएको छ । ६२ बर्षीय अर्यालको शुक्रबार मृत्यु भएको परिवारले जनाएको छ । किरिया बसेको सातौं दिनमा उनको मृत्यु भएको हो

‘धारामा जानको लागी घरबाट हिँड्दैदेखि टाउको र छाती दुख्यो भन्दै हुनुहुन्थ्यो, धाराको सबै काम सकेर घर फर्कदै गर्दा एक्कासी बाटोमा लडेर बेहोस हुनुभयो,’ परिबारका एक सदस्यले भने, ‘बेहोस भएपछि एपोलो अस्पताल लग्यौ केही समयपछि अस्ततालले मृत्यु भएको घोषणा गर्‍यो ।’

शुक्रबार साढे तीन बजेतिर अस्पतालले अर्याललाई मृत घोषणा गरेको गरेको हो । ‘करिब साडे दुइ बजेतिर यहाँ ल्याउनुभएको थियो, अस्पताल आउँदा उहाँको मुटुको धड्कन, प्रेसर केही थिएन,’ एपोलो अस्पतालका डाक्टर सन्तोष मास्केले भने । अर्यालका बाबु सूर्यनाथ अर्यालको माघ १३ गते ९३ बर्षको उमेरमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?