+
+

अष्ट्रेलिया आएका ढकालले भने-नेपालमा लगानीको राम्रो सम्भावना छ

अष्ट्रेलियामा ग्लोबल अार्इएमर्इ बैंकले शाखा खोल्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २४ गते १५:५५

सिड्नी / अष्ट्रेलियामा आएका व्यापारीहरुले नेपालमा लगानीको वातावरण बनेको भन्दै सम्भावना राम्रो भएको बताएका छन् ।

एक कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आईएमई ग्रूपका अध्यक्ष चन्द्र ढकालले नेपालमा अहिले राजनीतिक एजेण्डा समाधान भइसक्नुका साथै श्रम ऐन सम्मानजनक बनेको भन्दै सुरक्षा ऐनसमेत निर्माण भएकोले लगानीको अवस्था राम्रो बनेको बताए ।

उनले देश संघीयतामा गइसकेको अवस्थामा अब अन्तरसंघीय प्रतिस्पर्धा हुँदा लगानीको अवसर अझै बढ्ने बताए ।

एनआरएनए अष्ट्रेलियाको विद्यार्थी सहयोग कार्यदलले आयोजना गरेको अन्तरकि्रया कार्यक्रममा बोल्दै उपाध्यक्ष ढकालले नेपालमा लगानी गर्न चाहने प्रवासी नेपालीहरुलाई आफूले सहयोग गर्ने प्रतिबद्धता सेमत व्यक्त गरे ।

अष्ट्रेलिया आउन चाहने विद्यार्थीलाई सहयोग गर्न आईएमई तयार रहेको भन्दै ढकालले अष्ट्रेलियामा बैंकिङ क्षेत्रमा अध्ययन गरेका विद्यार्थीहरुलाईनेपालमा रोजगारीको अवसर भएको बताएका छन् ।  उनले छिट्टै अष्ट्रेलियामा आफ्नो बैंकका शाखा खोल्ने समेत जानकारी दिए ।

कार्यदलका संयोजक कोमल पाठकको अध्यक्षतामा भएको कार्यक्रममा नेपालका बरिष्ठ पत्रकार कविर राणाले नेपालमा अर्थमन्त्रालयले विप्रेषण सम्बन्धी नीति परिवर्तन गर्नुपर्ने बताए ।

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका सस्थापक अध्यक्ष मन केसी, एनआरएनए अष्ट्रेलियाका वर्तमान उपाध्यक्ष नन्दु गुरुङ, प्रवक्ता डिल खरेल लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?