Comments Add Comment

यस्तो हाटबजार, जहाँ तौलेर बेचिन्छ नोटका गड्डी

हाटबजारमा विभिन्न सामान तौलेर वा नापेर किन्ने अनि त्यसको भाउ अनुसारको रकम तिर्ने त गर्नुभएकै होला । तर यो दुनियामा एउटा यस्तो हाटबजार छ, जहाँ पैसाले सामान किन्ने होइन की पैसा नै किन्न पाइन्छ । त्यो पनि अरु सामानजस्तै गरी तौल जोखेर । हो, यस बजारमा किलोको हिसाबमा पैसाका नोटको किनबेच हुन्छ ।

आफुलाई स्वतन्त्र राज्य घोषणा गरेको सोमालील्याण्डमा यस्तो पैसाको हाटबजार लाग्दछ । सोमालील्याण्डको सडकमा नोटका बण्डलहरु किलोको भाउमा बेचिन्छ ।

सन् १९९१ मा गृहयुद्ध भएपशचात सोमालियबाट अलग घोषणा गरेको यो मुलुकलाई अहिलेसम्म कसैले पनि स्वतन्त्र राष्ट्रको मान्यता दिएका छैनन् । यो स्वघोषित मुलुक गरिबीले ग्रस्त छ । यहाँ न कुनै सरकारी व्यवस्था लागू छ, न रोजगारीको कुनै माध्यम ।

यहाँको मुद्रा सिलिङ हो । जसको यहाँ कुनै मूल्य नै छैन । मुद्रास्फिति यति बढेको छ की एउटा ब्रेड किन्नका लागि पनि बोराभरी पैसा तिर्नुपर्दछ ।

नेपालको झण्डै एक हजार रुपैयाँ बराबरको मूल्यमा यहाँ ५० किलो भन्दा धेरै सिलिङ खरीद गर्न सकिन्छ । तर पचास किलो नोटले पनि खासै धेरै सामान आउँदैन । यहाँ सुनको एउटा सिक्रि खरीद गर्न झण्डै ३२ लाख रुपैयाँ बराबरको मूल्य तिर्नुपर्दछ । र, यो रकम जुटाउनका लागि केही क्विन्टल सिलिङ मुद्रा चाहिन्छ । यो देशमा कुनैपनि अन्तराष्ट्रिय मान्यताप्राप्त बैंक छैन । कुनै एटिएम सिस्टमपनि छैन । सोही कारण पैसाको कारोबार सडकमा हुन्छ । एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment