२८ माघ, काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिजिन टू मा आइतबार हुने नेपाल र यूएईबीचको खेल ३४ ओभरमा घटाइएको छ ।
मैदान ओसिलो भएपछि ढिला गरी सञ्चालन हुन लागेको खेलमा ओभर घटाइएको हो ।
खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेको छ ।
नेपाली समय अनुसार ४ : १० मा सुरु हुने नेपाली क्रिकेट टोलीका टेक्निकल म्यानेजर रमण शिवाकोटीले जानकारी दिए ।
नेपालले आइतबार यूएईसँग खेल्ने खेल डिभिजन टू मा तेस्रो हो । यसअघि नेपालले नामिबियाविरुद्धको खेल जितेकाे थियो भने ओमानसँग पराजित भएको थियो ।