+
+

समानुपातिकतर्फको नामावली सच्याउन कांग्रेस, माओवादी र राजपालाई आयोगको पत्र

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २९ गते २०:४०

२९ माघ, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक पद्धतितर्फ निर्वाचितहरुको नामावली सच्याएर ल्याउन नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपालाई आग्रह गरेको छ ।

आयोगले दुई दिनभित्र नामावली सच्याएर ल्याउन ती दलहरुलाई पत्राचारसमेत गरेको छ ।

ती दलहरुले बुझाएको नामावलीमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुुसार समावेशी समूहको प्राथमिकता नमिलेको भन्दै आयोगले सच्याउन आग्रह गरेको हो ।

अब तीन दलले समानुपातिकमा सिफारिस गरेका नामावली सच्याएर फागुन २ गते ५ बजेभित्र निर्वाचन आयोगमा बुझाउनुपर्ने आयोगका प्रवक्त नवराज ढकालले जानकारी दिए ।

आयोगले समानुपातिकतर्फ निर्वाचितहरुको नामावली बुझाउन सोमबारसम्मको समय दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?