+
+

धादिङमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ४ गते १८:३१

४ फागुन, धादिङ । धादिङबेंसी–तिप्लिङ सडकअन्तर्गत नीलकण्ठ नगरपालिका वडा नं १३ मा सडकका ग्याभिन जाली लगाउने क्रममा ढिस्काले पुरिएर शुक्रबार एक मजदुरको मृत्यु भएको छ ।

सडक स्तरोन्नतिका लागि ग्याभिन जालीमा ढुङ्गा भर्दै गर्दा माथिबाट ढिस्को खसेर बर्दिया जिल्ला निवासी राजु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक धु्रवराज राउतले बताए ।

सोही घटनामा घाइते भएका नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका निवासी रवीन्द्र तामाङको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७ आँखु नदीमा शुक्रबार एक वृद्धको शव फेला परेको छ । नदी किनारमा त्रिपुरासुन्दरी–७ निवासी ६२ वर्षीय कृष्णमान श्रेष्ठको शव पानीमा डुबेको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राउतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?