+
+

तीन दलको छलफल लम्बियो, फोरमसँग सहमति भोलि मात्र

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १६ गते २०:३६

१६ फागुन, काठमाडौं । सत्तारुढ एमाले-माओवादी केन्द्र र संघीय समाजवादी फोरमसँग सहमति गर्ने प्रयास बुधबार पनि निष्कर्षमा पुग्न सकेन ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा बसेको थियो । नेताहरुका अनुसार छलफल सकारात्मक छ तर, समय नपुगेकाले बैठक भोलिलाई सारिएको छ ।

छलफल सकारात्मक ढंगबाट अघि बढेको छ । हामीलाई विश्वास छ भोलिको बैठकबाट टुंगिन्छ’ बैठकपछि एमाले सचिव प्रदिप ज्ञवालीले भने ।

भोलि ९ बजे अर्को बैठक राखिएको छ । आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने गरी सहमति गरिने वाम गठबन्धनका नेताहरुले बताएका छन् ।

तर, मन्त्रालयबारे छलफल हुन बाँकी नै रहेकाले बैठक भोलिलाई सारिएको माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?