Comments Add Comment

कान्तिपुरविरुद्धको अवहेलना मुद्दामा आइतबारदेखि बयान

१८ फागुन, काठमाडौं । सर्वोच्च अदालतले कान्तिपुरविरुद्धको अपहेलना मुद्दामाथि आइतबारदेखि बयान सुरु गर्ने भएको छ ।

बयानका लागि शुक्रबार सर्वोच्च अदालत पुगेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया नेतृत्वको टोलीलाई सर्वोच्च अदालतले शुक्रबार समय अभाव हुने भन्दै फिर्ता पठायो ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको विवादित नागरिकता र शैक्षिक प्रमाण पत्रबारे प्रकाशित समाचारले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा र सम्वाददाता कृष्ण ज्ञवालीलाई शुक्रबार बयानका लागि अदालतमा हाजिर हुन आदेश दिएको थियो ।

सोही आदेश अनुसार शुक्रबार मध्यान्ह सिरोहियासहितको टोली सर्वाेच्च अदालत पुगेको थियो । तर अदालतका प्रवक्ता नारायण पन्थीले शुक्रबार आधा दिन मात्रै अदालत खुल्ने भएकाले आइतबार साढे १० बजेबाट वयान सुरु गर्ने जानकारी गराए ।

शुक्रबार कान्तिपुरप्रति ऐक्यवद्धता जनाउन संचारकर्मीहरु, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका अगुवाहरु पनि सर्वोच्च अदालत पुगेका थिए । बयानका लागि अदालत पुगेका कान्तिपुर मिडिया गु्रपका अध्यक्ष सिरोहियाले सम्मानित अदालतको सम्मान गर्दै बयानका लागि अदालतमा उपस्थित भएको बताए ।

प्रधानन्यायाधीश पराजुलीको फरक फरक मितिको नागरिकता र शैक्षिक योग्ताताको प्रमाणपत्रमा समेत प्रश्न उठेपछि आएको समाचारले अदालतको अवहेलना गरेको भन्दै कान्तिपुरका प्रकाशक, प्रधान सम्पादक र संवाददातालाई आफै अदालतमा उपस्थित भएर बयान दिन सर्वोच्च अदालतले आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment