Comments Add Comment

यस्तो व्यक्ति, जो ३९ वर्षसम्म नखाई बाँचे


जीवनमा ३९ वर्षसम्म कुनै पनि ठोस पदार्थ नखाईकन कुनै मानिस बस्न सक्छ भन्ने पत्याउनुहुन्छ ? भारतको पुणेका एक मानिसले जीवनमा ३९ वर्षमा पहिलोपटक कुनै पनि ठोस खानेकुरा मुखबाट खाएको सुखद अनुभव गरेका छन् ।

राजेन्द्र पन्चल नामका ती मानिस १ वर्षको छँदा लडेर ठोक्किँदा अनुहारमा चोट लागेको थियो र बंगारा टुटेका थिए । गरिबी तथा अज्ञानताका कारण राजेन्द्रको उपचार गराउन उनका अभिभावकले सकेनन् । बंगारा सबै भाँच्चिएका कारण उनले ठोस पदार्थ खान सक्दैनथे र तरल पदार्थको भरमा बाँचेका थिए । उनले आफ्नो मुख डेढ सेमीमात्र खुलाउन सक्दथे ।

तर ३९ वर्षपछि हालै उनको मुखको शल्यक्रिया भएको छ र मुख साढे ४ इन्चसम्म खुल्ने भएको छ । यो सँगै उनले नयाँ जीवन पाएका छन् । उनले अब ठोस खाना खान सक्ने मात्र होइन, राम्रोसँग बोल्न पनि सक्ने भएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment