७ चैत, काठमाडौं । काठमाडौं माछापोखरीमा जुम्लाकी एक युवतीको रकम लुटिएको छ ।
जुम्लाको तिला गाउँपालिका-४ कि ३२ वर्षीया राजकुमारी शाहीलाई पछाडिबाट आक्रमण गरी नचिनेका मानिसहरुले उनको साथमा रहेको १० लाख रुपैयाँ लुटेर लगेका महानगरीय प्रहरीको बालाजु बृत्तले जनाएको छ ।
सुन्धारा बस्ने शाहीले मंगलबार माछापोखरीमा आफन्तसँग १० लाख रुपैयाँ लिएर फर्किदै थिइन् । आक्रमणबाट घाइते भएकी राजकुमारीको वीर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले लुटेराको खोजी गरिरहेको जनाएको छ ।