+
+

शुभयात्रा साँझको एक लाख ६० हजार विद्यालयलार्इ सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १४ गते १६:३२

२८ मार्च, यूएई । गत डिसेम्बर महिनामा दुबर्इमा अायोजना भएको शुभयात्रा साँझ कार्यक्रमबाट हेटाैडाको एक विद्यालयलार्इ सहयोग गरिएको छ ।

कार्यक्रमबाट बचेको रकम मध्ये एक लाख ६० हजार रूपैयाँ हेटाैडाको मदरसा दारूल कुरान विद्यालयलार्इ सहयोग गरिएको अयोजकले जनाएको छ ।

पूर्व घोषणा अनुसार नै अाफूहरूले सहयोग गरेको अयोजक मनोज गोर्खाली, समिम खान र मदन अधिकारीले बताएका छन् ।

सहयोग रकम प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा एक कार्यक्रम गरी विद्यालयका अध्यक्ष अहमद खानलाई हस्तान्तरण गरिएको हो ।

मकवानपुर मुस्लिम समुदायद्वारा संचालित उक्त विद्यालयमा ६० जना मुस्लिम बालबालिकाहरु अध्यनरत छन् I

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?